animated ellipse animated ellipse

राससलाई महानगरले १० लाख दिने घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ जेष्ठ २०७७, शुक्रबार १८:४३
3
Shares
विराटनगर / विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति प्रदेश १ कार्यालय विराटनगरको जीर्ण भवनको मर्मत सम्भार र रङ्गरोगन भएपछि सन्तुष्टि व्यक्त गरेका छन् ।

वि.स.२०३४ मा निर्माण भएको सो भवनको हालसम्म मर्मत सम्भार र रङ्गरोगन नभएपछि भवन जीर्ण भएको थियो भने भवनको अवस्थालाई हेरर चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले १० लाख बजेट विनियोजन गरेपछि अहिले भवनको मर्मत सम्भार र रङ्गरोगन भएको देखेर प्रमुख पराजुलीले प्रशंसा गरे ।

विगतमा पूर्वाञ्चल क्षेत्रीय कार्यालयको रुपमा परिचित सो कार्यालयबाट रासस बुलेटिन प्रकाशित भइरहेको थियो भने सो बुलेटिन वि.स.२०५७ मा प्रकाशन हुन बन्द भई समाचार सङ्कलन र सम्प्रेषणको काम मात्र भइरहेको यो कार्यालय अहिले प्रदेश कार्यालयको रुपमा रहेको छ ।

प्रमुख पराजुलीले आज कार्यालयको निरीक्षण गर्दै भवनको निर्माणमा बाँकी रहेका काम सम्पन्न गर्न अगामी बजेटमा थप १० लाख दिने घोषणा गरे । प्रमुख पराजुलीले आजै कार्यालय परिसर भित्र दुई वटा अम्रपाली आँप र एक वटा अनारको बिरुवा रोपेका छन् । सो अवसरमा रासस प्रदेश कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको गतिविधि तथा निर्माणका बारेमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर