खोटाङ /खोटाङ हलेसी तुवाचुङ १० का २५ बर्षीय नविन राई हतियारसहित पक्राउ परेका छन ।
आज दिउँसो ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको हलेसी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया