खबर पूर्वाञ्चल

लकडाउनका कारण विराटनगरमा अलपत्र परेका विद्यार्थीहरु तथा सर्वसाधारणहरुलाई सहज र सरल किसिमले आफ्नो घर पुर्याउन अझै पहल गर्ने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बतााए । सवारीका क्रममा लाग्ने इन्धन र सवारी चालक, सहचालकलगायतलाई सेवासुविधा उपलब्ध महानगरले गराएको थियो ।
बसलाई सेनीटाईज गर्ने , यात्रुलाई मास्क दिने तथा यात्रुको ज्वोरो जाचँ गरेर मात्रै पठाइएको विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताए । आगामी दिनमा पनि सम्पर्कमा आएका समस्यामा परेका व्यक्तिलाइ पठाउने प्रमुख पराजुलीले बताए । एक महिना लामो समयबाट बिराटनगरमा बन्दाबन्दीका कारण अड्किएका मानिसहरु आफ्नो गन्तब्यमा जान पाउदा खुशी देखिएका थिए ।