पूर्वाञ्चल खबर
स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका ३ र १६ का ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको बताइएको छ ।
