सोलुखुम्बु / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का ६० बर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् ।
बुधवार बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल तर्फ गएका राई बेलुकासम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज थुलुङ दुधकोशी गाउँपालिका ८ को सनसारी डाँडाको भिरमुनी मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृतसहितको टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरलिे जनाएको छ ।
तपाईको प्रतिक्रिया