विराटनगर / निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयहरूलाई फाइनल परिक्षाको परिक्षाफल प्रकाशनको तयारीमा जुट्न आग्रह गरेको छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले नेपाल सरकारसँग समन्वय भैरहेको जानकारी दिँदै चाडैं परिक्षाफल प्रकाशन गरिने बताए । उनका अनुशार बैशाख तेस्रो साताभित्र परिक्षाफल प्रकाशन गर्ने योजनामा रहेको छ ।
अध्यक्ष पुरीले लकडाउन अघि परीक्षा नसकिएका केही बिद्यालय रहेको भन्दै ती बिद्यालयलाई समेत फाईनल परीक्षा अघिका परिक्षाफलको आधारमा नतिजा सार्वजनिक गर्ने तयारीमा जुट्न आग्रह समेत गरे । अध्यक्ष पुरीका अनुशार नतिजा अनलाईन, वेभसाईट, टेलिफोन र एस एम एस बाट गरिने छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण नेपालमा ३० दिनयता लकडाउनमा छ । लकडाउन लम्बिन सक्ने भन्दै प्याब्सनले नतिजा प्रकाशन गरेर अनलाइनका माध्यमबाट कक्षा संचालनको तयारी गरिरहेको छ ।
एसईई र कक्षा ११ का विद्यार्थीलाई लक्षित गरि अनलाईन अध्यापन गराउँदै आएको प्याब्सनले सवै तहका विद्यार्थीलाई प्रबिधीको उच्चतम प्रयोग गरि शिक्षा प्रदान गर्न लागेको हो । हामीले विद्यालय तहको शिक्षा दिन आवश्यक एप्स तयार गर्न सरोकारवालाहरूलाई आह्वान गरेका छौं अध्यक्ष पुरीले भने,यसको चाँडै टुङ्गो लाग्छ ।ु उनका अनुशार विद्यालयले एक्लै वा सामुहिक रूपमा पनि एप्सका माध्यमबाट पढाउन सक्छन । यस्तै एप्सको पहुँच नहुने भए टेलिभिजन र एफएम रेडियोबाट पनि कक्षा संचालन गरिने अध्यक्ष पुरीले बताए ।
कोभिड १९ ले हामीलाई संकटको अवस्थामा ल्यायो उनले भने, यो संकटको अवस्थालाई पनि हामीले अवशरका रुपमा लिनुपर्छ । हामी प्रबिधिको उच्चतम प्रयोग गर्ने भनिरहेका छौं त्यसैले सवैले प्रबिधीको अभ्यास गर्ने यो अवशर पनि हो ।
अनलाईनमा शिक्षक साथीहरूले शैक्षिक ज्ञानसहित ब्यबहारिक, नैतिक र मनोरन्जनका समेत कक्षा लिनुहुनेछ अध्यक्ष पुरीले भने । कक्षा अन्तरक्रियात्मक समेत हुनेछन । उनले प्रविधिसँग जोडिएर कक्षा संचालनको तयारीको समेत बिरोध हुनु भनेको समयको माग नबुझ्नुको परिणती हो ।
यसैविच अध्यक्ष पुरीले सदस्य विद्यालयहरूलाई यसवर्ष पाठ्यपुस्तक समेत परिवर्तन नगर्न आग्रह गरेका छन् । लकडाउनले अभिभावक वर्गमा आर्थिक संकट हुनसक्ने भएको हुँदा थप आर्थिक भार हुन नदिन पुरानै पाठ्यपुस्तक पढाउन अनुरोध गरे।
तपाईको प्रतिक्रिया