RUMPUM
animated ellipse animated ellipse

उदयपुरमा चट्याङ पर्दा ६ जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०७७, मंगलवार १८:५७
3
Shares
उदयपुर/ उदयपुर जिल्लाको विभिन्न स्थानमा गएराति हावाहुरीसहित चट्याङ पर्दा ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा जिल्लाको कटारी नगरपालिका वडा न. ११ बेतीनी बस्ने
५५ वर्षियका चन्द्रबहादुर आले मगर, उनका श्रीमती ४८ वर्षियकी मनकुमारी मगर, आमा ७० वर्षियकी मनमाया मगर , सोही ठाउँका रेमबहादुर मगर र उन छोरा १६ वर्षियका सुमन मगर घाइते भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

उनीहरुको अबस्था सामान्य रहेको बताइएको छ । कटारी नगरपालिका ६ रिस्कु बस्ने मेनुका राईको छोरा १२ वर्षियका अस्मान राईको छातीमा सामान्य चोट लागेको छ । त्रियुगा नगरपालिका ५ दमौटिका २७ बर्षिय सुस्मा मगर पनि चट्याङ लागि घाईते भएका छन् । थप उपचारको लागि उनीहरुलाई जिल्ला अस्पताल उदयपुर ल्याइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख वीरबहादुर बुढा मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर