धनकुटा / धनकुटा छथरजोरपाटी–४ मा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।
छथरजोरपाटी–४पानी ट्याङ्कीको ४७ बर्षीय ईन्द्रबहादुर लिम्बुलाई घरेलु हतियार तथा लाठी प्रहार गरि श्रीमती धनमाया लिम्बुले हत्या गरेकी हुन् ।
आज बिहान श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिबाद भई झगडा हुँदा श्रीमती धनमायाले श्रीमान ईन्द्रलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनामा संम्लग्न धनमायालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया