पौडी खेल्ने गएका २ जना पानीको दहमा मृत फेला

खबर पूर्वाञ्चल, ७ बैशाख २०७७, आईतवार १६:४६

तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका २ का दुइै जना तेलिया खोलाको दहमा मृत फेला परेका छन् ।

शनिवार दिउँसो रेवन्त विकको १० बर्षीय छोरा सरोज विक रउनकै भान्जी १० बर्षीया ऐलिना विक छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न भनी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा आज दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईरहेको तेह्रथुम प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५