AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लकडाउनमा रक्तदान, ६४ प्रिन्ट रगत संकलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७७, शनिबार १७:५३
3
Shares
कानेपोखरी / कोरोना भाइरसको संक्रमण तथा रोकथाम नियन्त्रण गर्न लकडाउन गरिएको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका – ६ मा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ, राष्ट्रिय युवा जागरण मन्च र रमाइलो डायोरनोष्टिक सेन्टरको संयुक्त आयोजनामा आव रक्तदान कार्यक्रम भएको हो ।

यो रक्तदान कार्यक्रममा ६४ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवम नेकपा कानेपोखरीका सचिब मनोज राजवंशीले जानकारी दिए । व्यक्ति–व्यक्तिहरूबीचको सामाजिक दुरी कायम राख्दै रक्तदान गरिएको राजवंशीले बताए । उक्त कार्यक्रममा रक्तदाताहरुको स्वस्फुर्त सहभागीता रहेको थियो ।

रक्तदान स्थल प्रवेश गर्नुअघि साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको रमाइलो डायोरनोष्टि सेन्टरका संचालक प्रकाश धिमालले बताए । लकडाउनले गर्दा अहिले रक्तसंचार केन्द्रमा रगत अभाव भएकोले त्यस्को परिपूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको राजवंशीले बताए । उनका अनुसार अहिलेको कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा रक्तदान आयोजना गर्न सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । यहाँका व्यवसायी, समाजसेवी र विभिन्न संघसंस्थाका आवद्ध भएका पदाधिकारी र सर्वसाधरणले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर