एकै दिन ५० अभियोग दर्ता

खबर पूर्वाञ्चल, ४ बैशाख २०७७, बिहीबार २०:११

विराटनगर / जिल्ला अदालत मोरङमा एकै दिन ठूलो संख्यामा अभियोग दर्ता भएको छ । कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथामका लागि लकडाउनमा बन्द भएको अदालतले गत शुक्रबारदेखि सर्वोच्च अदालतको निर्णाय अनुसार खुलेपछि एकै दिन ५० थान अभियोग मोरङ अदालतमा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङसहित मातहतका ७ वटा इलाका प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीको अनुसन्धान प्रतिवेदनसहितको कागजजात जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा बुझाएपछि २८ चैतमा अदालतमा मागदाबीसहितको अभियोग पत्र अदालतमा दर्ता भएको जिल्ला न्यायाधीवक्ता मनोज कुमार आचार्यले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको अभियोग मध्ये सबैभन्दा बढी लागूऔषध सम्बन्धी मुद्दा रहेको छ । जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले दिएको जानकारी अनुसार लागूऔषध सम्बन्धी २२ थान अभियोग दर्ता भएको बताए । यस्तै सवारी ज्यान ७, चोरी ६, जबरजस्ती करणी ६, जवरजस्ती करणी उद्योग ३, कुटपिट २, हातहतियार १ थान मुद्दा अदातमा दर्ता भएको छ । यसैगरि ठगी १, कर्तब्य ज्यान १, अपराधिक लाप १ र बहुविवाह सम्बन्धी २ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा अभियोग दर्ता भएका सबै सरकारवादी फौजदारी मुद्दाहरू रहेका छन् । बुधबारसम्म जम्मा ५३ थान अभियोग मोरङ अदालतमा दर्ता भएको सूचना अधिकारी पौडेलले बताए ।

उनका अनुसार ३८ वटा मुद्दाका प्रतिवादीसँग अदालतको इजालशमा बयान भएको छ । बाँकी मुद्दाको प्रतिवादीहरूको बयान हुन बाँकी रहेको अदालतले जनाएको छ । प्रतिवादीको बयान सकिएपछि अदालतको इजालशमा पेशी चढने गरेको छ । बुधबारदेखि मोरङ अदालतको ८ वटा इजालशमा पेशी चढेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्य, साहयक जिल्ला न्यायधीवक्ताहरू उमेश अधिकारी, मुकुन्दकुमार रेग्मी र मनिषबावु पोखरेलले अदालतमा अभियोग पेश गरेका हुन् ।
लकडाउन भएसँगै गत चैत ११ देखि बन्द भएको अदालत चैत २८ गतेदेखि खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५