AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कोभिड अस्पताललाई आइसीयु वेड हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०७७, बुधबार १८:१५
3
Shares
विराटनगर /प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि आज तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु वेड हस्तान्तरण गरिएको हो ।

करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले ३ लाख ५९ हजारको ३ वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी) ले ३ लाख ५० हजारको ३ वटा वेड हस्तान्तरण गरेको हो । कोभिड अस्पताललाई आज इलेक्ट्रिक ३ वटा र म्यानुअल आईसीयु वेड ३ वटा हस्तान्तरण गरिएको हो । कोभिड १९ अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाईन युपीएस हस्तान्तरण गरेको छ । ३ लाख ६० हजारको अनलाईन युपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिए ।

आईसीयु वेड र अनलाईन युपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना भाईरस विरुद्ध लड्नका लागि सरकार मात्रै नभएर समाजका सवै अंगको उत्तिकै भूमिका रहने बताए । प्रदेश १ सरकारले कोभिड अस्पताल नमूना अस्पताल निर्माण गरेको उनले बताए । कोभिड अस्पताललाई अहिले विभिन्न दातृ संस्थाहरुबाट विभिन्न स्वास्थ्य सामाग्री र उपकरणहरु जुट्दै गएकाले दाता प्रति मन्त्री घिमिरेले आभार व्यक्त गरे । उनले कोरोनाको उपचार पछि प्रदेश सरकारले कोभिड अस्पतालमा नयाँ कार्यक्रम शुरु गर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर