RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७६, शनिबार २१:०७
3
Shares
विराटनगर / प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९)को आशङ्कामा शनिवारसम्मको थ्रोट स्वाव (पिपिआर) र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी)रगत टेष्टमा २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थ्रोट स्वाव अन्तर्गत संकलित २११ नमूनाहरु परीक्षणका लागि कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ

यसैगरी कोरोना भाइरस भए नभएको छिटो पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट(रगत) अन्तर्गत आज भएको नमूना संकलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमूना संकलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको सूचना डेस्कले जनाएको छ।

प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा सञ्चालनमा आएको क्वारेन्टाइनमा राखिएका नागरिकको (आरडिटी)को टेष्टका लागि स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कार्य जारी रहेको छ।

मोरङ,झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको सूचना केन्द्रले जानकारी दिएको छ । प्रदेशका क्वारेन्टाइनमा शनिवारसम्म ५९२ रहेका छन् भने आइशोलेसनमा १० जनालाई राखिएको छ । यसैगरी होम क्वारेन्टाइन अन्तर्गत तीन हजार ४१७ जना नागरिक बसिरहेको सूचना डेस्कले जनाएको । प्रदेशका विभिन्न स्थानमा रहेका आइशोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घरफर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर