विराटनगर / विराट व्यापार संघले जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई मास्क, ग्लोब्सलगायतका सामाग्री वितरण गरिएको छ ।
हाल कोरोना भाईरस संक्रमण न्यूनिकरणको निमित्त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रस्थानमा रहेकाले मास्क, ग्लोब्स र हेडक्याप अतिआश्यक पर्ने भएकाले विराट व्यापार संघले आज जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी अस्पताल कोभिड १८ उपचार केन्द्रमा उक्त सामाग्रि वितरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा २ हजार मास्क, एक हजार ग्लोब्स र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक हजार मास्क र ३ सय हेडक्याप वितरण गरिएको छ ।
स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीको पनि यो घडीमा जिम्मेवारी धेरै भएकाले र जिल्ला प्रहरी कार्यालय मोरङमा मास्क, ग्लोब्सको अभाव खड्किएको महशुस भएसँगै सो सामाग्रि उपलब्ध गराएको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए । आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहाकार्य गरेर यस्तो समयस्याका घडीमा सहयोग पु¥याउदै आउने धारणा थापाले व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङको मातहतबाट १५ सय प्रहरी परिचालन गर्ने भएकाले मास्क, ग्लोब्स, जस्ता सामग्रीहरु ठुलो संख्यामा चाहिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया