RUMPUM
animated ellipse animated ellipse

प्रदेश सांसद लिम्बुद्धारा राहत कोषमा १ लाख सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०७६, शुक्रबार १८:५८
3
Shares
विराटनगर / मोरङ क्षेत्र नं १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले विपद कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सांसद लिम्बूले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई राहत प्रदानका लागि सो सहयोग गरेका हुन् । उनले उर्लाबारी नगरपालिकाको विपद कोषमा ५० हजार र मिक्लाजुङ गाउँपालिका विपद कोषमा ५० हजार प्रदान गरे ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीलाई सांसद लिम्बूले नगद ५० हजार प्रदान गरेका थिए । यस्तै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने दुई वटा स्थानिय तहको राहत कोषमा समान रकम प्रदान गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट बच्न सबैलाई घरभित्रै बसिदिन अपिल पनि संसद लिम्बुले गरे ।

राहत वितरण एकद्धार प्रणालीमा सरकारले अघि बढाएकाले सबैलाई सोही अनुसार सहयोग गर्दिन पनि उनले आग्रह गरे । राहत वितरणमा पक्षविपक्ष भन्दा पनि दुई छाक खान नपाएका परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण अघि बढाउन सम्बन्धित वडा कार्यालयहरुलाई सांसद लिम्बूले अनुरोध गर्नुभएक छन् ।

यसैगरी रोटरी क्लव अफ उर्लाबारीले ५१ हजार ९ सय ८० रुपैया तथा मोरङ सुनचादी व्यवसायी संघ उर्लाबारीले ५१ हजार ४ सय मुल्य वरावरको खाद्य सामाग्री उर्लाबाी नगर प्रमुख फागोलाई प्रदान गरेको संघका महासचिव ज्ञानु श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर