AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लकडाउनको मौका पारि विराटनगरको भाटभटेनीले ग्राहक ठगी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०७६, शुक्रबार १५:२८
27
Shares
विराटनगर / लकडाउनको मौका पारि विराटनगरको भाटभटेनी सुपर मार्केटले अंकित मूल्य भन्दा बढीमा खाद्यवस्तु बिक्री गरी उपभोक्ता ठगि गरेको पाइएको छ ।

बिहीबार भाटभटेनीले बिक्री गरेको भारतीय कम्पनी अमुल ब्राण्डको २ सय ग्राम बटर अंकित मूल्य भन्दा २ सय २१ रुपैयाँ बढी लिएर बिक्री गरेको पाइएको हो । भाटभटेनीले बेचेको बटरको अधिकतम बिक्री मूल्य (एमआरपी) २३५ भारतीय रुपैया छ । सो बटरको मूल्य नेपाली बजारमा ३ सय ७६ रुपैयाँ हुन्छ । तर भाटभटेनीले उक्त वस्तु ५ सय ९७ रुपैयाँमा बिक्री गरेको थियो ।

बिहीबार विराटनगरका एकजना उपभोक्ताले भाटभटेनीबाट २ सय ग्राम बटर खरिद गगरि घरमा आएर मुल्य हेर्दा २ सय २१ रुपैयाँ बढी लिएको थाहा पाए । लकडाउनको समयमा थोरै समय लिएर किनमेल गर्नुपर्दा त्यहाँ मूल्यमा ध्यान नपुगेको र घरमा आएर हेर्दा बिल र एमआरपीमा धेरै अन्तर पाएको उनले बताए ।

भाटभटेनी सुपर मार्केट विराटनगरका व्यवस्थापक सरिता राईले २३५ रुपैयाँ आइसी (भारतीय मुद्रा) मूल्य तोकिएको भएपनि त्यसमा मूल्य अभिवृद्धि कर, भन्सार कर लगायत अन्य कर जोडिएका कारण त्यसको मुल्य ५९७ कायम भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर