कोशी अस्पतालमा राखिएका ल्यावका मुख्यमन्त्री राईद्धारा निरिक्षण

खबर पूर्वाञ्चल, २८ चैत्र २०७६, शुक्रबार १४:५६

विराटनगर / कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज निरिक्षण गरेका छन् ।

कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नु पूर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्यावको निरिक्षण गरेका हुन् । विराटनगरबाट कोरोना परीक्षणका लागि आवस्यक तयारी सकिएपछि प्रदेश सरकारबाट ल्यावको निरिक्षण गरिएको हो ।

ल्यावको निरिक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखीएको ल्याव काठमाण्डौं पछिको ठुलो क्षमताको भएको वताए । उनले विराटनगरको ल्यावबाट दैनिक बढीमा २ सयसम्मको नमूना संकलन गर्न सकिने बताए । मुख्यमन्त्री राईले भने,‘ भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परिक्षणमा जानुप¥यो ।’ कोरोना परिक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरु सञ्चालन गरिएको उनले बताए ।

कोरोना परीक्षणका लागि आवश्यक उपकरणहरु र केमिकलहरु हिजो हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले संभवत आज साँझदेखि परीक्षण शुरु गरिने बताए । उनले भनिन्,‘आज साँझदेखि परीक्षण शुरु संभव नभए भोली विहानदेखि शुरु गर्छौ ।’

विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताए ।

क्वारेन्टाईनमा बसेकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि आज देखि प्रदेश १ का ४ स्थानमा टोली खटिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाईनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको मन्त्री घिमिरेले वताए । आज र भोलीमा प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाईनमा वसेकाको टेष्टका लागि आवश्यक सामान किट र पीपीई पठाईसकिने मन्त्री घिमिरेले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५