AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोनाको कारण दक्षिण एसियाली राष्ट्रहरूमा सवै भन्दाबढी भारतमा १ सय ७८ जनाको मृत्यु, संक्रमिक ११ हजार नाघ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७६, बिहीबार ०९:१४
3
Shares
विराटनगर/ विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस कोको सङ्क्रमणबाट दक्षिण एसियाली राष्ट्रहरूमा ११ हजार ६३ रहेकोमा २ सय ८० जनाको मुत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण सबैभन्दा बढी १ सय ७८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ५ हजार ९ सय १६ जनामा संक्रमण देखिएको पुष्टि रहेकोमा ५ सय ६ जना निको भएर घर फर्किएका छन् ।

यसैगरि पाकिस्तानमा ६१ जनाको ज्यान गएको छ भने अहिलेसम्म ४ हजार २ सय ६३ जनासंक्रमण देखिएको पुष्टि रहेकोमा ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । त्यस्तै बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ । बंगलादेशमा कोरोना संक्रमितबाट २० जनाले ज्यान गुमाएका छन भने २ सय १८ जना संक्रमित भेटिएका छन् । ३३ जना निको भएर घर फर्किएका छन् ।

अफगानिस्तानमा भने १३ जनाले ज्यान गुमाएका छन भने ४ सय ४४ जना संक्रमित भटिएको छ । श्रीलङ्कामा भने कोरानाका कारण ७ जनाले ज्यान गुमाएका छन् भने १ सय ८९ संक्रमिक रहेको पुष्टि भएकोमा ४४ जना निको भएर घर फर्किएका छन् ।
माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको भेटिएका छैन् ।

अहिलेसम्म माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म भेटिएका ९ संक्रमितमध्ये १ जनाको उपचार भइ घर फर्केका छन् भने ८ जना उपचाररत रहेका छन् । भुटानमा २ र माल्दिभ्समा १३ जनाको उपचार भइ घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर