लुटपाटमा संग्लग्न ७ जना पक्राउ

खबर पूर्वाञ्चल, २६ चैत्र २०७६, बुधबार १५:३०

भोजपुर / भोजपुरको आमचोक गाउँपालिका ९ रुक्सेमा खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर नगद लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमवार राती पौने ९ बजेको समयमा भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर ट्याक्टर चालकको साथमा रहेको नगद २१ हजार ५ सय लुटपाट गर्ने आमचोक गाउँपालिका ८ का ३२ बर्षीय लोकबहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८ बर्षीय देवराज तामाङलाई गाउँघरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका ७ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५