RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण विश्वभर ७ हजार ३ सय ४१ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७६, बुधबार ०८:०१
3
Shares
विराटनगर / कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ८१ हजार ९९५ पुगेको छ ।

सबैभन्दा धेरै गत २४ घण्टामा अमेरिकामा १ हजार ९ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने फ्रान्समा १ हजार ४ सय १७ जनाको ज्यान गएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७ सय ४, इटलीमा ६ सय ४ जनाको मृत्यु भएको छ । बेलाययतमा ७ सय ८६ जनाको गत २० घण्टामा ज्यान गएको छ ।

यस्तै गत २४ घण्टामा ८० हजार ५ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २९ हजार ४ सय १२, फ्रान्समा ११ हजार ५९, स्पेनमा ५ हजार २६७ तथा इटलीमा ३ हजार ३९ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर