AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७६, मंगलवार २०:३८
3
Shares
विराटनगर / कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको हो ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएका परिवाललाई ५० लाख प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको मन्त्री कार्कीले बताए । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । मंगलबारसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ ।

अहिले प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६१३ जना क्वारेन्टाइनमा छन्। त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर