चीन र बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झ¥यो

खबर पूर्वाञ्चल, २५ चैत्र २०७६, मंगलवार १९:२३

विराटनगर / चीन र बेलायतमा कोरोना भाइरस कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ ।

चीनको नेशनल हेल्थ कमिशनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो । चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलो पटक हो । चीनले यो भाइरस निस्किएको सहर वुहानमा लगाइएको भ्रमणको प्रतिबन्ध हटाउने तयारी गरिरहेको अवस्थामा चीनमा भाइरसबाट दैनिकरुपमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

भोलिदेखि वुहानको लकडाउन पूर्ण रुपमा खुल्नेछ । यो सहर भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको सहर हो । आज सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् । अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिस हुन् । यससँगै चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेका छन् । त्यसमध्ये ७७ हजार एक सय ६७ जना निको भइसकेका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ ।

अहिले चीनमा एक हजार दुई सय ४२ जना कोरोना भाइरसका बिरामी बाँकी छन् । जसमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५