विराटनगर / भारतको अस्पतालबाट भागेका कोरोना संक्रमति एक नेपाली नागरिक पक्राउ परेका छन ।
भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्धलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । उनी तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका थिए । उक्त सम्मेलनमा सहभागी व्यक्तिमा कोरोना देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । तर, शुक्रबार उनको रिपोर्ट पोजेटिभ आयो । कोरोना पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो । तर उनी सोमबार राति उपचाररत अस्पतालको सिसा फुटाएर भागेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बागपत प्रहरीका आईजी रेंज मेरठलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार, आज एक इँटाभट्टा नजिकबाट पक्राउ ती व्यक्तिलाई अहिले उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको छ । प्रहरीले ती व्यक्तिलाई अहिले उपचारका लागि पुनः अस्पताल लगेको बताइएको छ ।
तबलिगी जमाती समूह धार्मिक सभामा सहभागी भएको र त्यहीँबाट कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको अनुमान गरिन्छ । सो धार्मिक समूहमा १९ जना नेपाली तबलीगी जमाती समूह पनि सहभागी थिए । भारतबाट फर्किएका कतिपयलाई प्रदेश २ का जिल्लाहरुमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
तपाईको प्रतिक्रिया