कोभिड १९ उपचार केन्द्रलाई गैससको १३ लाख बढीको सहयोग

सवैको सहकार्यमा मात्र कोरोना विरुद्ध लड्न सकिने : मन्त्री घिमिरे
खबर पूर्वाञ्चल, २५ चैत्र २०७६, मंगलवार १६:२३

विराटनगर / कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई प्रदेश १ मा कार्यरत गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

प्रदेश १ सरकारले कोरोना संक्रमित विरामीको उपचारका लागि निर्माण गरेको अस्पतालमा आज राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले १३ लाख ३० हजार ७ सय १५ बराबरको सामाग्री उपलब्ध गराएका छन् ।

गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गर्ने सेभ द चिल्ड्रेन प्रदेश १ का बरिष्ठ परियोजना प्रवन्धक हरिवोल बजगाईले स्वास्थ्य सामाग्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरे । मन्त्री घिमिरेलाई ७ लाख ७६ हजार १ सय ७३ बराबरको ३० थान वेड, ४ लाख ६४ हजार ५ सय ४२ वरारको व्यक्तिगत सुरक्षा उपकरण, ६० हजार बरावरको कार्डिक मोनिटर, ३० हजार बरारको पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विपद्को सामाना गर्न सवैको साथ र सहयोग आवश्यक रहेको वताए । सवैको सहकार्यमा मात्र कोरोना विरुद्ध लड्न सकिने मन्त्री घिमिरले बताए । विपद्को समयमा प्रदेश १ मा क्रियाशिल गैरसरकारी संस्थाहरुले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रदेश १ मा कार्यरत लुथरन विश्व फेडेरेसन, आईपास, करुणा फाउन्डेसन, सेभ द चिल्ड्रेन, आड्रा, वन हार्ड वल्डवाईड, एनएसआई, प्लान इन्टरनेशनल, पीएसआईले कोभिड १९ उपचार केन्द्रका लागि ४५ लाख ३० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने योजना रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना प्रवन्धक बजगाइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५