खबर पूर्वाञ्चल
नारी स्रष्टा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, बलराम पोखरेल, कविराज न्यौपानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । तीन दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय गिरीका यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् ।
विमोचित लघुकथासंग्रहका बारेमा समालोचक कविराज न्यौपानेले समीक्षा गर्दै संग्रहभित्रका अधिकांश कथाले वर्तमान नेपाली समाजको विकृति, विसंति, व्यथितिलाई चिरफार गरेको बताए । “संग्रहभित्रका कथा पढ्दै गर्दा अहिलेको समाजलाई छर्लंग देख्न सकिन्छ,” न्यौपानेले भने, “राजनीतिक विकृति, विसंगतिमात्रै होइन संग्रहले बेरोजगारी, अभाव र गरिबीलाई पनि सशक्त रुपमा उठान गरिएको छ ।”
साहित्यकार भरत गुरागाईं, मीनकुमार नवोदितलगायत संग्रहभित्रका लघुकथा प्रस्तुत गरेका थिए । मेयर पराजुलीले भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागि परेको उल्लेख गरे । उनले महानगरले बजेटमार्फत नै भाषा र साहित्यको विकासमा ध्यान दिएको बताए । “महानगरले भौतिक विकासलाई मात्रै विकास मानेको छैन, मेयर पराजुलीले भने, “भाषा, साहित्य, कला, संस्कृति सबैको समुचित विकासले मात्रै विकसित महानगर बन्दछ ।” स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रोमा निरौला, कृतिकार मञ्जुश्री गिरी, साहित्यकार लक्ष्मी पोखरेललगायतले मन्तव्य व्यक्त गरे ।