अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको प्रदेश प्रमुख अधिकारीको भनाई

खबर पूर्वाञ्चल, २४ चैत्र २०७६, सोमबार १८:५८

विराटनगर / प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस ( कोभिड १९) बनावटी विषय नभएकाले सवैलाई सुरक्षित रहन उनले आग्रह गरे । एउटाले कमजोरी गरेमा अर्कोले पूर्ण गर्छ भन्ने विषय नभएकाले कमजोरी गर्ने वित्तिकै ठुलो नोक्सानी व्यहोर्नुपर्ने प्रदेश प्रमुख अधिकारीले बताए । प्रदेश १ सरकारले निर्माण गरेको कोशी अस्पताल कोरोना उपचार केन्द्रको आज अनुगमन गर्दै प्रदेश प्रमुख अधिकारीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिलेसम्म गरेको कामको प्रशंसा गरे ।

प्रमुख अधिकारीले भने,‘ अहिले सम्मको काम राम्रो छ, उच्च मनोवलका साथ काम गर्न आग्रह गर्छु ।’ जनप्रतिनिधि समुदाय समक्ष पुग्ने भएकाले उच्च मनोवलका साथ काम गर्नुहोला प्रदेश प्रमुख अधिकारीले भने । कोरोना भाईरस रोकथामका लागि प्रदेश १ सरकारले गरेको कामको सन्देश अन्य प्रदेशमा पनि राम्रो गएको प्रदेश प्रमुख अधिकारीले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराए । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिएको बताए । उनले स्वास्थ्यकर्मीको प्रोत्साहनको काम प्रदेश सरकारले गरेको जानकारी गराए ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७÷७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराइन् । उनले कोरोना अस्पतालको जनशक्ति व्यवस्थापनको काम भईरहेको बताइन् । प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्य मन्त्री जयमाया गजमेरले कोरोना अस्पतालको अनुगमन गरेका थिए । कोरोना अस्पताल ५० वेड क्षमताको रहेको छ । यसैविच सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज मेची अस्पतालको अनुगमन समेत गरे । संक्रमितको उपचारका लागि मेची अस्पतालमा २५ वेडको तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५