RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बसपार्कमा अलपत्र परेकालाई युवा अभियान्ताको सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७६, आईतवार २१:०४
3
Shares
विराटनगर / विराटनगरका युवा अभियान्ताहरुले विराटनगरको बसपार्कमा अलपत्र परेका यातायात मजदुरहरुलाई सहयोग गर्न थालेका छन् ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेसँगै २० जना यातायात मजदुरहरु अलपत्र गरेका मजदुरहरुलाई दिँउसोको लागी खाजा स्वरुप चिउरा, दालमोड, सेनिटाइजर, मास्कलगाायतका सामाग्री वितरण गरेका छन् ।

युवा व्यवसायी गोपाल काफ्ले, दिपेन मारिक र युवा अभियान्ता पेरिस सुवेदीले अलपत्र परेका यातायात मजदुरहरुलाई आज दिउँसो बसपार्कमा पुगेर सहयोग गरेका हुन् । सरकारले लकडाउनको घोषणा गरेको आज १३ औं दिन बितिसक्दा पनि प्रदेश सरकार साथै सरोकारवालाले खोजिनिन्दा नगरेको सगरमाथा यातायातका सहचालक युद्ध भण्डरीको गुनासो गरे । उनी भन्छन् राती बसमा सुत्दा झुल छैन लामखुटेले टोकेर निदाउन दिँदैन अण्डाको क्यारेटको खोल डराएर सुत्ने गर्दछौ ।

बिहान र बेलुका दुई छाक भात खाएर दिनभर भोको पेटले दैनिकी चलिरहेको अवस्थामा दाईहरुले सहयोग गर्नुभयो धेरै ठुलो धर्म गर्नुभयो भण्डारीले भने । अहिले कोरोना भाईरस संक्रमणका कारण विश्व नै महामारीको अवस्थामा छ प्रदेश सरकारले यो घडीमा अलपत्र परेका मजदुरलाई उद्धार गर्न जरुरी रहेको सुवेदीले बताए । त्यसो त भिडभाडमा नजानु, सामाजिक दुरी कायम राख्नु कोरोना भाइरस संक्रमणको उच्च जोखिमबाट जोगिने उपाय भए पनि १२ दिन देखि ती अलपत्र परेका यातायात मजदुरहरु बसमा रात बिताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर