प्रदेशका सवै राजनीतिक पार्टी सङकटसँग जुध्नमा सहमती कायम

खबर पूर्वाञ्चल, २३ चैत्र २०७६, आईतवार २०:२५

विराटनगर / प्रदेश १ का प्रमुख राजनीतिक दलले लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै लकडाउनबाट उत्पन्न परिस्थितिबारे आज चार बुँदे निर्णय गरेका छन् ।

आज बसेको बैठकले लकडाउनबाट उत्पन्न परिस्थितिका सम्वन्धमा गरिएको निर्णयहरुमा सरकारी अस्पताल, शिक्षण अस्पताल र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै अस्पतालहरुले पनि सर्वसाधारण जनताको उपचारका निम्ति ध्यान दिनु पर्नेमा जोड दिइएको छ ।

लकडाउनका कारण आपूर्तिमा कमी हुन सक्ने अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धन लगायत सामग्रीको उपलब्धता र न्यून आय भएका, आधारभूत जनता र समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म), नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

यसैगरी कोरोना भाईरस(कोभिड–१९)को सङ्क्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरकार र प्रदेशवासीलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा सञ्चालित क्वारेन्टाईन, आईसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारवाहीहरुको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने त्यस्तो अुनगमनबाट प्राप्त सूचनाहरुको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने दलको निर्णय छ ।
बैठकमा नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, नेपाली काङ्ग्रेसका मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइराला, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ र समाजवादी पार्टी प्रदेश उपाध्यक्ष राजकुमार यादवले निर्णयमा हस्ताक्षर गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५