कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, एकै दिन अमेरिकामा १ हजार ४८ का मुत्यु

खबर पूर्वाञ्चल, २३ चैत्र २०७६, आईतवार ०७:५१

विराटनगर / कोरोना भाइरस संक्रमण तिब्ररुपमा फैलिन थालेको छ । संक्रमितको संख्या १२ लाख १ हजार ७ सय ६७ नाघेको भने २ लाख ४६ हजार ४ सय ९६ निको भएर घर फर्किन्दा ६४ हजार ७ सय १० जनाको  ज्यान गएको छ ।

ज्यान गुमाउनेहरुमा इटलीका धेरै छन् । अहिलेसम्म सवै भन्दा बढी इटालीमा ज्यान गएको छ । इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने स्पेनमा ११ हजार ९ सय ४७ जनाको ज्यान गएको छ ।

त्यस्तै अमेरिकामा ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिकामा सवैभन्दा बढी ३ लाख ३३ हजार ३ सय ५७ जनामा कोरोना संक्रमण देखिएकोमा १४ हजार ८ सय २५ जना निको भएर घर फर्किएका छन् ।

आज बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ । स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ हजार २ सय ९९ जना निको भएर घर फर्किएका छन् ।

इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २० हजार ९ सय ९६ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा भने ९ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने छिमेकी मुलुक भारतमा ३ हजार ५ सय ८८ जना संक्रमिक भएकोमा ९९ जनाको मुत्यु भएको छ भने २ सय २९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५