पूर्वाञ्चल खबर
सशत्र वन रक्षक र सशत्र प्रहरीको संयुक्त टोली र सिकारीको समुहबीच मोरङको सलकपुर सामूदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा आज अपरान्ह साढे ३ वजे गोली हानाहान गोली हानाहान भएको हो ।
मोरङको सलकपुर सामूदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समुहसँँग वनका कर्मचारी वीच गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए ।
जंगलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरी वलका प्रहरीहरुवाट खोजी अभियान चलाउंँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ ९ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो ।
घिमिरेका अनुसार संयुक्त गस्ती टोलीले चोरी सिकारीमा संलग्न तीनजनालाई गोली हानाहानपछि नियन्त्रणमा लिएको छ । सिकारीको साथबाट २ नाल भरुवा बन्दुक, २ सय ग्राम बारुद र केही छर्रा बरामद भएको छ ।
पक्राउ पर्नेमा केरावारी गाउँपालिकावडा नं ८ निवासी ३५ वर्षिय गन्मरवहादुर जोगी,सोही ठाउँका २७ वर्षिय किसान कार्की,र वुद्धशान्ति गाउँपालिका झापाका २७ वर्षिय किरण धिमाल छन् ।
पक्राउ परेकाहरुलाई वन ऐन र हात हतियार खरखजना ऐन कानुनी कारवाही अगाडी बढाइनेछ ।
शिकारीहरु २५ जना समूहमा रहेको र फरारहरुको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिए ।