फिदिम नगरपालिका–५ का वडाअध्यक्ष तुम्बापोको निधन

खबर पूर्वाञ्चल, २१ चैत्र २०७६, शुक्रबार १६:३४

फिदिम / फिदिम नगरपालिका–५ का वडाअध्यक्ष लीलाराज तुम्बापोको ३५ वर्षको उमेरमा निधन भएको छ ।

झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा आज तुम्बापोको निधन भएको हो । केही समयदेखि ब्लड क्यान्सरको समस्यासँग जुझिरहेका तुम्वापो बिरामी परेपछि बिहीबार हेलिकप्टरबाट थप उपचारका लागि उनलाई झापा लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचारका क्रममा तुम्बापोको निधन भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

उनलाई आज दिउँसो साढे दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो । राष्ट्रिय युवा संघ पाँचथरका सह–संयोजकसमेत रहेका तुम्बापो जिल्लामा जुझारु र शालीन युवा नेताका रुपमा परिचित थिए । स्वर्गीय तुम्बापो तात्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष तुम्वापोको निधन भएकै दिन उनको श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन्। बिहान ३ बजेको समयमाा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिदिए । उनको परिवारमा अब दुई छोरीहरु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५