महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई

खबर पूर्वाञ्चल, २४ कार्तिक २०७९, बिहीबार १७:१७
90
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, सडक निर्माण, सुशासन, आर्थिक पारशर्शिता, ज्येष्ठ नागरिक, बालबालिका, कला, साहित्य र संस्कृतिको संरक्षण, बजार अनुगमनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले डुबान समस्या, सरसफाईलगायतका विषयमा जिज्ञासा राखे । उनले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न महानगरलाई सुझावसमेत दिए । ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्यालले सेवा प्रवाहमा ज्येष्ठ नागरिकमैत्री बनाउन आग्रह गरे । उनले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि महानगरले के गरिरहेको छ भनेर प्रश्न राखे ।

साहित्यकार स्वयम्भुमानसिंह कार्कीले भाषा, साहित्य र संस्कृतिको विकासका लागि महानगरले के कस्ता योजना बनाइरहेको छ भनेर जिज्ञासा राखे । एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले सडक निर्माण, महिला, बालबालिका र सामाजिक क्षेत्रका जिज्ञासा राखिन । राप्रपाका जिल्ला सचिव टंक चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, नेकपा एमाले विराटनगर नगर कमिटीका उपसचिव नवराज नेपाललगायतले सुशासन, आर्थिक पारदर्शिता, विकासमा देखिएको ढिलासुस्तीलगायतका विषयमा प्र्र्रश्न राखेका थिए ।

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ मेयर नागेश कोइरालाले दिँदै महानगरवासीले गर्व गर्न र सम्झन लायक काम गर्ने प्रतिबद्धता जनाए । मेयर कोइरालाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गरे । उनले नगर बस सञ्चालनदेखि डुबान समस्या समाधानसम्मका योजना सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५