AArya
RUMPUM
animated ellipse animated ellipse

अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने चीनका वैज्ञानिकको दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७६, बिहीबार २०:०६
3
Shares
काठमाण्डौ / चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् ।

चीनका वरिष्ठ वैज्ञानिक डा. झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताएका हुन । चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष समितिका प्रमुख ८३ वर्षका डा. झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डा. झाङ्गले कोरोनासँग जित्नकालागि सबैभन्दा पहिले संक्रमणको दरलाई न्यून बनाउन र त्यसलाई रोक्नु आवश्यक रहेको भन्दै यदि यो काम गर्न सकियो भने यसको खोप वा औषधिको बारेमा पत्ता लगाउन र रोगलाई समाप्त गर्न सकिने प्रष्ट पारे । विभिन्न मुलुकले कोरोना भाइरसको रोकथामका लागि गरेको काम सराहनीय रहेको र यसले पनि कोरोनालाई समाप्त गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर