अलपत्र परेका १३ जना नेपालीलाई जोगवनीबाट उद्धार

खबर पूर्वाञ्चल, १८ चैत्र २०७६, मंगलवार १९:३७

विराटनगर / जोगवनीमा अलपत्र परेका १३ जना नेपालीलाई आज उद्धार गरिएको छ । उनीहरु भारतको बिहार राज्यस्थित विभिन्न स्थानबाट नेपाल आएका थिए ।

सीमा क्षेत्रसम्म भारतको विभिन्न ठाउँबाट पैदल आएका नेपालीहरूलाई उद्धार गरी मिक्लाजुङ गाउँपालिकाको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा पठाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उद्धार गरिएकाहरु रुकुम जिल्लाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५