AArya
RUMPUM
animated ellipse animated ellipse

औषधि व्यवसायद्धारा प्रहरीलाई खाजा, माक्स र सेनिटाइजर वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७६, मंगलवार १७:२६
3
Shares
विराटनगर । सरकारले गरेको लकडाउन पालना गराउन खटिएका प्रहरीलाई नेपाल औषधि व्यवसाय संघ मोरङले खाजा, माक्स र सेनिटाइजर उपलब्ध गराएको छ ।

२४ घण्टा काममा खटिने प्रहरीले खाजा–पानीको साथै माक्स, ग्लोव्स र सेनिटाइजर उपलब्ध गराएको नेपाल औषधि व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार ट्राफीक प्रहरी र एम्बुलेन्स चालकहरूलाइ माक्स, ग्लोव्स र सेनिटाइजर गराएको र मोरङ प्रहरीलाई चाउचाउ र पानी उपलब्ध गराएको उपाध्य ढकालले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोद्धारले कोरोना संक्रमणविरुद्ध लड्न भावनात्मक रूपमा सहयोग भएको बताए । ओषधी व्यवसायीले उपलब्ध गराइएको माक्स, ग्लोव्स र सेनिटाइजर ड्युटीमा खटिने प्रहरीलार्इ वितरण गरिने बताए ।

यसअघि पनि संघले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतना फैलाउँदै विराटनगरमा दुर्इ हजार थान माक्स वितरण गरेको छ । संघले विराटनगरको तीनपैनी चौक र ट्राफिक चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन मास्कलगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै मास्क वितरण गरेको उपाध्यक्ष ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर