सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण

खबर पूर्वाञ्चल, १८ चैत्र २०७६, मंगलवार १७:००

विराटनगर / सञ्चारकर्मीहरुलाई समाचार संकलनको क्रममा कोभिड–१९ को जोखिमको न्यूनिकरण गर्न एक संस्थाले विभिन्न स्वास्थ्यका सामाग्री आज प्रदान गरेको छ ।
समाजवादी पार्टीका नगर अध्यक्ष एवं समाजसेवी मोहम्मद नसरुलले नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीलाई विन सिटर, ग्लव्स, मास्क र सेनिटाइजरलगायतका सामाग्री हस्तान्तरण गरे ।

अध्यक्ष नसरुलले सञ्चारकर्मीले जोखिमको अवस्थामा समेत समाचार संकलन गरी नागरिकलाई घरमा वसी मुलुकमा परेका विपत्तीका समाचार प्राप्त भइरहेकोले बताउदै उनको स्वास्थ्यप्रति ध्यान दिन केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

महासंघका उपाध्यक्ष अधिकारीले सहयोगप्रति आभार व्यक्त गर्दै सञ्चारकर्मीहरुले जनतालाई कोभिडको जोखिम प्रति सचेतना र जागरुक बनाउने कार्य गरिरहेको बताए ।

समाजसेवी नसरुलले यस अधि सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५