विराटनगर / विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा उपचार कोषका लागि कृषि विकाश वैंक प्रदेश १ ले ५ लाख सहयोग गरेको छ ।
आज वैकका प्रदेश १ का निर्देशक घनेन्द्र अधिकारीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५ लाखको चेक हस्तान्र गरेका छन् । कोरोनाको कारण सङ्कटको सामना गरिरहेको नेपाल सरकारको सहयोगार्थ वैैकले सहयोग गरेको प्रदेश कार्यलयका शाखा प्रमुख तिलक प्रधानले बताए ।
शाखा प्रमुख प्रधानका अनुसार विराटनगर र धुलाबारीमा १ हजार लिटरको पानी टंकी, ४ वटा वेसनसहित हात धुने व्यवस्था मिलाएको बताए ।
लकडाउन अवधी प्रदेश १ का विराटनगर, धरान, दमक, भद्रपुर र इनरुवाको शाखा कार्यलय खुल्नेसमेत प्रदेश १ कायृलयले जनाएको छ ।
तपाईको प्रतिक्रिया