पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर १० ले वडा क्षेत्र भित्रका नागरिकलाई निःशुल्क मास्क वितरण गरेको छ ।
वडा कार्यालयलले घर–घर पुगेर हात धुने साबुन र मास्क वितरण गरेको वडाध्यक्ष माधवराज वाग्लेले जानकारी दिए। उनले वडाका विभिन्न टोलमा ४–५ वटा टिम बनाएर हात धुने साबुन र हरेक घरमा दुईवटाका दरले मास्क वितरण गरिरहेको बताए।
वडाभित्र ३ हजार ५ सय घरधुरी छन् । वडाका सबै घरधुरीमा पुगेर हातधुने साबुनसहित मास्क वितरण गर्नुका साथै वडाबासीलाई सचेतनासमेत जगाउने काम भइरहेको वडाअध्यक्ष वाग्लेको भनाइ छ ।