कोरोना राहत कोषलाई दिए महानगर प्रमुख पराजुलीले एक वर्षको तलव–सुविधा

खबर पूर्वाञ्चल, १७ चैत्र २०७६, सोमबार १७:०४
फाइल तस्वीर

विराटनगर / कोरोना राहत कोषलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षभरिको तलब र सुविधा प्रदान गरेका छन् ।

प्रमुख पराजुलीले तेसो वर्ष वापतको तलव,सेवा र सुविघा बापत पाउने रकम मधयेवाट ४ लाख ९० हजार रुपैया राहत कोषलाई प्रदान गरेका हुन् । उनले एक बर्षमा तलव,सेवा र सुविघा बापत ५ लाख ४० हजार रुपैया पाउँछ । प्रमुख पराजुलीले आगलागीवाट शरीर जलेकी उतरा चटर्जीलाई ५० हजार रुपैया सहयोग गरेका थिए ।

आज बसेको विराटनगर महानगरपालिकाको कार्यकारणी बैठकले स्थापना गरको कोराना कोषलाई मेयर पराजुलीले सो रकम प्रदान गरेका हुन् ।

उनले पहिलो वर्षको तलब–सुविधा विराटनगर–१ स्थित सयपत्री र दोस्रो वर्षको विराटनगर–१९ स्थित जागृति आधाभूत विद्यालयलाई प्रदान गरेका थिए ।

विराटनगर महानगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि एक अर्ब बराबरको कोरोना राहत कोष खडा गर्ने निर्णय गरेको छ । उक्त्त कोषमा महानगरका सबै जनप्रतिनिधिहरूले एक महिनाको तलब, सेवा र सुविधावापतको रकम प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Manoj लेख्नुहुन्छ

    हो यो होनित जनप्रतिनिधि को सहो काम हजुर को जय होर सर

  2. लेखहरि भट्टराई लेख्नुहुन्छ

    अति सर्हानिय काम, जस्को जति तारिफ गरे पनि कमै हुन्छ । अब २ वटा काम गर्न सके सुनमा सुगन्ध हुने थियो:
    १) नगरपालिका भरि मच्छडको औषधी
    छिट्ने ब्यबस्था ।
    २) घर घर बाट फोहोर उठाउने ब्यवस्था ।

  3. Suraj Bajracharya लेख्नुहुन्छ

    नगरपालिका भरि मच्छडको औषधी
    छिट्ने ब्यबस्था । very important

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५