विश्वभर कोरानाको संक्रमितबाट मुत्यु हुने ३४ हजार नजिक, संक्रमिक ७ लाख नाघ्यो

खबर पूर्वाञ्चल, १७ चैत्र २०७६, सोमबार ०८:३२

विराटनगर /पछिल्लो २४ घण्टामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन् । स्पेनमा मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ ।

अमेरिकामा हिजो एकै दिन १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ । अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ ।

संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन् । इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ । ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ । संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ ।

जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ । त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५