कोरोना संक्रमणसँग जुध्न प्रदेश १ मा विभिन्न समिति गठन

प्रदेश सुरक्षा समितिलाई एक करोड ६८ लाख
खबर पूर्वाञ्चल, १५ चैत्र २०७६, शनिबार १९:३३

विराटनगर / प्रदेश १ मा कोरोनाभाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थपप्रभावकारी बनाउन विभिन्न समितिहरू गठन भएका छन् ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले कोरानासँग जुध्न विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथाजनचेतना समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ ।

गठन भएका समितिहरूमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् । बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधाप्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ ।

प्रदेश सुरक्षा समितिलाई एक करोड ६८ लाख

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठिन प्रदेशका सुरक्षा समिति सञ्चालनका लागि प्रदेश सरकारले एक करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा शनिबार बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

कोष सञ्चालक समितिको बैठकले नेपाली सेनालाई क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरूलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पु¥याउने जिम्मेवारी तोकेको छ । त्यस्तै नेपाल र प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाइन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरूको सुरक्षा र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५