खबर पूर्वाञ्चल
तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न बिधाकासात खेल समावेश भएका छन् । जसमा क्रिकेट ,फुटबल ,भलिबल , कबड्डि ,ब्याडमिन्टन, डोरी तान र रिले दौड लगायतका खेलहरु समावेश भएका छन् ।
फागुन २४ गतेसम्म हुने प्रतियोगितका उद्घाटन क्याम्पस प्रमुख ढकबहादुर मगरले गरे । क्याम्पस प्रमुख मगरले स्वास्थका लागि खेल,मनोरञ्जनका लागि खेल, देशका लागि खेल,विद्यार्थीका लागि खेल,भन्ने नाराका साथ अगाडी बढेको बताए ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव १४ बर्सपछी भएको अहिलेसम्म क्याम्पस स्ववियु कप नभएको र यो खेलबाट डिग्री क्याम्पसमा राष्ट्रीय स्तर ,जिल्ला स्तरमा अन्तराष्ट्रिय खेलाडी उत्पादन हुन सक्ने सम्भावना रहेको स्ववियु अध्यक्ष निर्मल शर्मा गजुरेलले बताए डिग्री क्याम्पसका सहायक क्याम्पस प्रमुख मिलन खरेल संयोजक रहेका छन् ।
तपाईको प्रतिक्रिया