लकडाउनमा अलपत्र परेकालाई उद्धार गर्न सोनिया गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार

खबर पूर्वाञ्चल, १५ चैत्र २०७६, शनिबार १५:४४

विराटनगर / कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि गरिएको लकडाउनले मजदुरहरू फसेको भन्दै कङ्ग्रेस आइकी पूर्व अध्यक्ष सोनिया गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेकी छिन् ।

पूर्व अध्यक्ष गान्धीले मोदीलाई आज पत्राचार गर्दै लकडाउनमा फसेका मजदुरहरूलाई चाँडो उद्धार गर्नका लागि आग्रह गरेकी छिन् । उनले सडक तथा बाटोहरूमा फसेका मजदुरहरूलाई उद्धार गर्नका लागि राष्ट्रिय स्तरको परामर्श गर्नका लागि आग्रह गरेको आउटलुकले लेखेको छ ।

उनले पत्रमा घरका लागि हिँडेका जो अहिले बाटोमा फसिरहेका छन् उनीहरूलाई तत्काल घरसम्म पुग्ने व्यवस्था गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरेकी हुन् । उनले राष्ट्रियस्तरको परामर्श गर्दै ती मजदुरहरूका लागि सरकारी स्तरको सवारी साधनहरू उपलब्ध गराउन आग्रह गरिन् ।

लाखौं मजदुरहरू सडक तथा होटलमा अलपत्र परिरहेकाले उनीहरूलाई तत्काल घरसम्म पुग्ने व्यवस्था गर्न उनले पत्रमा आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५