RUMPUM
animated ellipse animated ellipse

भारतमा २१ दिन लामो लकडाउन घोषणा, ‘जनता कर्फ्यू’भन्दा कडा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७६, मंगलवार २१:०५
9
Shares
फाइल तस्वीर
नयाँ दिल्ली / कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन् ।

आज साँझ राष्ट्रको नाममा गर्दै प्रधानमन्त्री मोदीले आज मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् । ’जनता कर्फ्यू’ भन्दा पनि कडा किसिमको लकडाउन हुने प्रधानमन्त्री मोदीले जानकारी दिए ।

प्रधानमन्त्री मोदीले भनेका छन् ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’

स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने मोदीले बताए । स्वास्थ्यसम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले आजै १५ हजार करोड रुपैयाँ छुट्याएको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर