RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोडको कोष स्थापना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७६, मंगलवार १८:२०
3
Shares

विराटनगर / प्रदेश १ सरकारले कोरोना (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिकजम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृत स्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर