RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि भारतका ५४८ जिल्ला मा लकडाउन, पञ्जाब र महाराष्ट्रमा कर्फ्यू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७६, मंगलवार ०८:३९
3
Shares
नयाँ दिल्ली / भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको पछि भारतको ५ सय ४८ जिल्लामा लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय सञ्चारमाध्यम अनुसार भारतभर ५ सय कोरोना संक्रमित भेटिएका कारण संक्रमणलाई फैलिन नदिन भारतका दिल्ली, राजस्थान, बिहार, पञ्जाव, उत्तराखण्ड, छत्तीसगढ, झारखण्ड, जम्मु–कश्मीर, तेलङ्गाना, आन्ध्र प्रदेश, नागाल्याण्ड, अरुणाचल प्रदेशका ५ सय ४८ जिल्लामा ३१ मार्चसम्म लकडाउन गरिएको हो । यसका अलावा उत्तर प्रदेशका १६ जिल्लामा पनि २५ मार्चसम्म लकडाउन गरिएको छ ।

कोरोना भाइरसको प्रकोप फैलिएपछि उत्तर प्रदेश, महाराष्ट्र, दिल्लीसमेत १० भन्दा धेरै राज्यका कयौँ सहरमा लकडाउन गरिएको छ । यसका बावजुद सयौँ मानिस सडकमा निस्केर लकडाउनको उलंघन गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता जनाएका छन् ।

यसैगरी, कोरोना भाइरस संक्रमणको रोकथाम गर्न पञ्जाब सरकारले कर्फ्यू लगाइएको छ । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले ट्वीट गर्दै सबैको भलाइका लागि राज्यमा कर्फ्यू लगाइएको बताएका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि महाराष्ट्र सरकारले पनि राज्यमा कर्फ्यू घोषणा गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले यसको घोषणा गरेका हुन् । ठाकरेले राज्यका सीमा सिल गरिएको बताएका छन् । यसका अलावा जिल्लाको सीमामा कडा निगरानी गरिएको छ ।

बीबीसी हिन्दीका अनुसार हिमाचल प्रदेश र पश्चिम बंगालमा सोमबार थप एक-एक जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर