मंगलबारदेखि एक साता देशभर लकडाउन गर्ने सरकारको निर्णय

खबर पूर्वाञ्चल, १० चैत्र २०७६, सोमबार १९:५५

काठमाडौं / सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
उक्त समयभित्र कसैलाई पनि घरबाट बाहिर निस्कन दिइनेछैन । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । उक्त समयमा यातायात तथा आन्तरिक उडानहरु समेत पनि बन्द रहनेछन् ।

अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५