AArya
RUMPUM
animated ellipse animated ellipse

लुटपाटमा संलग्न तीन प्रहरीसहित एक पत्रकार सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७६, सोमबार १९:२४
3
Shares
मकवानपुर /लुटपाटमा संलग्न तीन प्रहरीसहित एक पत्रकारलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

लुट्नकै लागि काठमाडौंदेखि मकवानपुर पुगेका दरबारमार्ग वृत्तमा कार्यरत २६ वर्षीय प्रहरी सहायक निरीक्षक असई सुरेन्द्रबहादुर बसेल, दरबारमार्गमै कार्यरत प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुनमगर तथा पत्रकार भनिने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो । राजन भनिने अर्का एक व्यक्ति भने फरार रहेका छन् । मकवानपुरको कैलाश गाउँपालिका– ५ चौकीटार घर भएकी ७० वर्षीया धनलक्ष्मी गुरुङको घरमा बहुमुल्य हिरा भएको सूचना पाएपछि यो समूह हिजो काठमाडौंबाट मकवानपुर पुगेको थियो ।

मकवानपुरका एसपी सुशीलसिंह रौठारका अनुसार उनीहरु गुरुङको घरमा गएर हिरा किन्ने भन्दै हेरेका थिए । त्यसपछि उनीहरुले पेस्तोल ताक्दै हिरा जस्तो देखिने वस्तु लुटेर फरार भएका थिए । उक्त सूचना इलाका प्रहरी कार्यालय पालुङमा आएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । पालुङका प्रहरी निरिक्षक विकासकुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई थाहा नगरपालिका–३ स्थित थानाबजारबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर