विराटनगर मंगलबारदेखि अनिश्चितकालिन लकडाउन

खबर पूर्वाञ्चल, १० चैत्र २०७६, सोमबार १९:१६

विराटनगर / कोरोना (कोभिड–१९) को संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारदेखि अनिश्चितकालिन लकडाउनको घोषणा गरेको छ ।

भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकामा आज बसेको कार्यपालिका बैठकले अर्को सुचना जारी नगरुन्जेलसम्मका लागी लकडाउन घोषणा गरेको हो । महानगरपालिकाले आज उद्योगी, व्यापारी, व्यवसायी र सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी लकडाउनको निर्णय गरेको थियो ।

मंगलबारदेखि विराटनगरमा उद्योग, कलकारखाना, पसल तथा सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । तर गम्भीर स्वास्थ्यस्थिति नाजुक भई अस्पताल जानु परेमा वा कसैको मृत्यु भएमा यातायातका साधनहरू भने प्रयोग गर्न पाइने छ ।

‘लकडाउन’ गर्दा प्रेस, पानी, अस्पताल, औषधि पसल, खाद्यान्य, दुध बिक्री केन्द्र, बैंक तथा वितिय संस्थासहितका अत्यावश्यस सेवाबाहेक अन्य सेवा बन्द गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । उनले नगरबासीहरुलाई लकडाउनको समयमा अत्यावश्यक कामबाहेक अन्यथा बाहिर ननिस्कन समेत आग्रह गरे ।

सर्वसाधारणको सहजताका लागि महानगरले स्वास्थ्य महाशाखाका ३ जनालाई फोकल पर्सनका रुपमा तोकेको छ । नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कार्यालयका पदाधिकारीहरुसँग समन्वय गर्न सकिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५