विराटनगर / कोरोना भाइरस सक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै विराटनगर महानगरले चिकित्सकहरुसंग परामर्श गर्नका साथै नीजि अस्पतालका सञ्चालकहरुसंगको छलफललाई तिब्र बनाएको छ ।
आज महानगरमा भएको छलफलमा नगरका विभिन्न निजि अस्पताल र चिकित्सकहरुको सहभागिता रहेको थियो । मेयर भीम पराजुलीले सम्भावित खतराका लागि के कस्ता पूर्व तयारी अपनाउन सकिन्छ भन्ने विषयमा लाग्नुपर्ने बताए ।
विराटनगरका निजि तथा सरकारी अस्पतालहरुमा सहज जाँचका लागि तयारी योजना बनाउन आबश्यक गृहकार्यलागि सुझाब समेत लिएका थिए । विराटनगरका हाटवजार र भिडभाड हुने स्थलमा सिमित संख्यामा बस्न समेत सुचना दिइने र अनुगमन समेत गरिने मेयर पराजुलीले बताए ।
छलफलमा कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डांं संगिता मिश्रले कोरोना भाइरसको सक्रमणवाट बच्न पूर्व तयारी आवश्यक रहेको बताइन् । देश अनुसार विभिन्न मोडलमा बेरामीको उपचार भइरहेकाले नेपालमा पनि ती विधिहरु अबलम्बन गरिने बताइन् । आबश्यक परेको अवस्थामा सवै अस्पताल कोरोना अस्पताल हुने र यसका लागि सरकारको पहलकदमी जरुरी हुने डां.मिश्रले बताइन् ।
लाइफगार्ड अस्पतालका डां.कैलाशकुमार श्रेष्ठले निजि अस्पताल कोरोनाबाट डराएर नभाग्ने र आइपरे सवै संयन्त्र प्रयोगमा ल्याउन आफुहरु तयार रहेको बताए ।
कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल ,हाम्रो अस्पतालका डां. शंकर अधिकारी ,कोशी अस्पतालका प्रशासन प्रमुख नवराज लुइटेल लगायतले आ आफ्ना धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया